गायिका चिना थापा मगरको मौलिक सालैजो आकाशको जुन सार्वजनिक



५ मंसिर, 
बजारमा बिभिन्न गीत संगीत आउने क्रममा चर्चित गायिका चिना थापा मगरको " आकशको जुन " बोलको मौलिक सालैजो बजारमा सार्वजनिक भएको छ । रमेश बी जि को शब्द तथा गायक हेमन्त आलेको लय रहेको गीतमा गयिका चिना थापा मगर तथा हेमन्त आलेको स्वर रहेको छ। 

प्रकाश भट्ट द्वारा निर्देशित म्युजिक भिडियोमा राजेश घिमेरेको छायान्कन तथा बिष्णु शर्माको सम्पादन रहेको छ । चर्चित मोडेल निर आले र नम्रता थापा मगर सँगै स्वयम गायक गायिकाको सुन्दर अभिनयले सजिएको गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।