प्रहरीले चलाएको मोटरसाइकल घरको छानामा पुगेपछि

२०७६ कार्तिक ३०
इलाममा एउटा दुर्लभ किसिमको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । इलाम नगरपालिका-१ नेपालटारमा राँके जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल घरको छानामाथि पुगेको छ ।
दुर्घटनामा परी सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् । दुर्घटनापछि उनीहरुको उद्दार गरी उपचारका लागि इलाम अस्पताल लगिएको छ । तीव्र गतिका कारण मोटरसाइकल उछिट्टिएर दुर्घटना भइ घरको छतमाथि पुगेको प्रहरीले जनाएकाे छ ।
Watch this also
