रौतहटमा विष्फोट, प्रहरी जवान घाइते



२६ कात्तिक, रौतहट ।
रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनी सेन्ट्री पोस्टमा थिए । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ 

। उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’ घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ ।