काभ्रेमा ट्याङ्कर दुर्घटना : दुई जनाको मृत्यु


 २०७६ कात्तिक ३०
काभ्रेपलाञ्चाेक - अरनिको राजमार्गमा शुक्रबार राति डिजल बाेकेकाे ट्याङ्कर दुर्घटनामा परि घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा ज्यान गएकाे छ । 

हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी दीपक गिरीले बताउनुभयो । 

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर धुलिखेल नगरपालिका वडा नम्बर-८, थाक्लेमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।