बढी कर तिर्नेलाई सम्मान !



 २०७६  मंसिर १ काठमाडौं
आठौँ कर दिवस काठमाडौँ उपत्यका र जिल्लामा साताव्यापीरुपमा कर सचेतनामूलक कार्यक्रमका साथ आजदेखि मनाइदै छ ।
 मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । मन्त्रिपरिषदको २०६९ सालको निर्णयअनुसार यो दिवस मनाइँदै आएको छ ।

 आन्तरिक राजश्व विभागका अनुसार दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरिने भएको छ । यस्तै साताव्यापी कार्यक्रमअन्तर्गत करदातासँग अन्तरक्रिया, कर सचेतना कार्यक्रम, कर मैत्री यात्राअन्तर्गत हास्यव्यङ्ग्यलगायत कार्यक्रम आयोजना गरिएको बिभागले जनाएको छ ।