माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन



काठमाडौं, मंसिर २
माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको संयुक्त उद्घाटन गर्नु भएको हो ।
 गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाबाट ६० मेगावाट क्षमताको विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । १७ अर्ब ३२ करोडको कूल लागतमा सम्पन्न आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि यसबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ ।  

२०६७ सालमा शुरु गरिएको आयोजना २०७१ सालमा पूरा गर्ने लक्ष्य रहेको थियो । आयोजनाको उद्घाटन पछि प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालको विकास नेपालीले नै गर्न सक्छ भन्ने उदाहरण आयोजनाको निर्माणबाट पुष्टि भएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले आयोजनाले अनेकौ अवसर सृजना हुनुका साथै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प साकार पार्न आयोजनाले सहयोग पुग्ने बताउनु भयो ।  नेपाल विद्युत प्राधिकरणका अनुसार सो आयोजनाबाट करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । 

यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब रुपैया आम्दानी गर्छ । आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।  
याे पनी हेर्नुस ः भ्वाइस अफ नेपालबाट भाेट कम प्राप्त गरेर बाहिरिएकी गायिका रजनीले यति मिठाे गित गाउछिन ः 
हेर्नुस रजनीले गाएकाे  हिट भिडियाे ः 



 याे पनी हेर्नुस ः