धादिङमा बस दुर्घटना/१ जनाको मृत्यु


काठमाडौं, मंसिर ०८
पृथ्वी राजमार्गको गल्छी गाँउपालिका बैरेनी भल्टारमा आज विहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परेर नुवाकोट बेलकोट गाउँपालिका घर भएकी अन्दाजी १४ बर्षिया डोल्मा तामाङको मृत्यु भएको छ ।

 दुर्घटनामा परेर गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि काठमाडौ ल्याइएको  प्रहरीले जनाएको छ । बैरेनीबाट बाराको अमलेखगञ्जस्थित आफन्तको घरमा विवाह समारोहमा सहभागी हुन जान हिडेका परिवारका सदस्य र आफन्तहरु चढेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटनामा परेको हो । 

सडकमा परेको खाल्डो छल्नेक्रममा बस सडकमा पल्टिएर दुर्घटनामा परेको बताइएको छ । यसैगरी काठमाडौंको नयाँ बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि भएको दुर्घटनामा अन्दाजी ५० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको पहिचान र ठक्कर दिने सवारी साधनको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी मुग्लिङ नारायणगढ सडकको दासढुंगामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।