ज्ञानेन्द्र शाहीले भने : 'नेपालका लागी नेपाली' मा म अझै छु बाहिरिएका उनीहरू नै हुन


काठमाडौ  २०७६ मंसिर १३ 
 नेपालका लागी नेपाली' अभियानका एक अभियानकर्ता ज्ञानेन्द्र शाहीलाई कार्य समितीले निस्कासन गरेको विज्ञप्ति आज सार्वजनिक गरेको थियो । यहि विषयमा यस अभियानका अगुवाहरुले शाहीलाई निस्कासन गर्नुको कारणहरु पनि प्रष्टाएका छन् । 

अभियानका अगुवा डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेका अनुसार ‘नेपालका लागि नेपाली’ले आलङ्कारिक राजासहितको राजनीतिक व्यवस्थालाई स्वीकारेको छ तर ज्ञानेन्द्र शाहीले नस्विकार्दा निष्काशन गरिएको हो । यहि विषयमा ज्ञानेन्द्र शाहीले दार्चुला पुगेर आफ्नो स्पष्टिकरण दिएका छन् । 

ज्ञानेन्द्र शाहीले फेसबुकमा स्ट्याटसमा आफु यस अभियानबाट निस्काशित नभएको कुरा उल्लेख गरेका छन् । शाहीका अनुसार यस अभियानको कुनै पनि बुँदामा राजसंस्थाको समर्थन गर्ने एजेण्डाको कुरा उल्लेख गरिएको छ जसका कारण आफु निष्काशित नहुने बरु जो राजसंस्थाको वकालत गर्दै छन् वहाँहरु निष्काशित हुने कुरा जनाएका छन् । 
उकाली ओराली गर्दै आज दार्चुला आईपुगियो सिमा सुरक्षा सम्बन्धि भोलि स्थानीय सङ बहस हुनेछ । नेपाल का लागी नेपाली अभियान को आफनै 18 बुदे गोदावरी घोषणा पत्र छ यो घोषणा ले कुनै वाद बोक्दैन न त राजसस्था कुरा गर्छ न त बिरोध नत कुनै वाद को ओकालत यो अभियानको मुख्य एजेन्डा १ भ्रष्टाचार अन्त्य, २ राजनितीक सुध्दिकरण ३ रास्ट्रियताको संरक्षण म यो अभियान को अबधारणा भित्र छु जसले यो अबधारणा बाहिर जान्छ तेयो ब्याती नेपाल का लागि नेपाली बाट निस्कासन हुने प्रचलन छ त्यसैले राजसस्था को ओकालत मा लाग्नु हुने अभियान्ता हरु स्वत आज बाट अभियान बाट निष्कासन हुन्छ्न । किनकी यो अभियान कुनै वाद बोक्दैन ।। म नेपाल का लागी नेपाली मै छु है ।