• संचारकर्मी कुमारी बुढामगरको माैलिक सालैजो सार्वजानिक (भिडियाे सहित)

    पोखरा, कार्तिक १९ 
    पोखराका संचारकर्मी एवं लोक दोहोरी गायिका कुमारी बुढा मगर र राम बिलास राईको उकालीमा वरपिपल छायाँ (सालैैजो) सार्वजानिक भएको छ । करिब १२ मिनेट काे साे माैलिक सालैजाे गीतलाइ म्युजिक नेपालकाे युटुब च्यानलबाट सार्बजनिक गरिएकाे हाे । 
    गायिका कुमारी  बुढामगर र  बिलास राईकाे  सुमधुर स्वर रहेको सालैजो गीतमा  नवराज बरालकाे शव्द/संगित तथा बिबि अनुरागीकाे संगीत संयाेजन रहेकाे छ । नेपाली लोक संस्कृतिलाई जर्गेना गर्दै गाउँघरमा गाईने भाका दर्शक माझ प्रस्तुत गर्न पाउँदा खुसी लागेको संचारकर्मी एवं लोक दोहोरी गायिका कुमारी बुढा मगरले बताउनुभयो । 
    म्याक्सन फाेर डी स्टुडियाे पाेखरामा  छवि राना मगरले  सम्पादन गर्नुभएकाे साे  गितको रेकर्डिङ प्रिज्मा स्टुडियो काठमाणडाैमा गरिएको थियो ।  लबसन गुरुङले  निर्देशन गर्नुभएको साे भिडियाेलाइ सन्तोष पिठाकोटे मगरले छायांकन  गर्नुभएको हाे । भिडियाेमा  मनिष गुरुङ र रोम्या गुरुङको नृत्य  रहेको छ । हेर्नुस भिडियाे ः 

    Watch This also :