बर्खास्तमा परेका खेलाडीहरु बारे थप छलफल गर्न एन्फाले बोलायो 'अनौपचारिक' बैठक

२०७६ मंसिर १ काठमाडौं
विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गत कुवेतविरुद्धको नेपालकाे महत्त्वपूर्ण खेलअघि अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार मुख्य खेलाडी बिमल, अन्जान, दिनेश र सन्ताेष लाइ गरीने थप कारबाही बारे थप निर्णय गर्न एन्फाले काठमाडौंमा उपलब्ध पदाधिकारीहरुलाई अनौपचारिक बैठकका लागि बोलाएको छ ।
उक्त छलफलमा अनुशासन कमिटी तथा इन्टिग्रिटी कमिटीका सदस्यहरुलाई पनि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका हुन । शनिबार एन्फाको आकस्मिक बैठकले मुख्य स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशी गरी ४ खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
एन्फाले कारबाही गरेपछी उनीहरू भुटान जान पाएनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा रहेका चार खेलाडी शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको थियाे । उनीहरू क्याम्पबाट भागेर नाइट क्लबमा गएको प्रमाणित भएपछि काठमाडौंमा उपलब्ध एन्फा पदाधिकारीको आकस्मिक बैठकले प्रशिक्षक योहान कालिनसँगको छलफलपछि कम्तीमा कुवेतसँगको खेलबाट झिक्ने निर्णय भएको थियाे ।
अध्यक्ष कर्माछिरिङ शेर्पा अहिले भुटानमै छन्। अध्यक्ष नेपाल फर्केपछि एन्फाको बैठकले उनीहरूको थप कारबाहीबारे निर्णय गर्ने एन्फाले बताएको छ । चार खेलाडी कारबाहीमा परेपछि २० सदस्यीय टिम भुटान पुगेको छ । अन्तिम टिममा नपरेका सुवास गुरुङलाई टिममा बोलाइएको छ । नेपालले विश्वकप छनोटमा कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको र पुन निमार्ण प्रक्रिया पनि नसकिएकाेले नेपालले घरेलु खेल भुटानमा खेल्नुपरेको हो । Watch Video :
हेर्नुस रजनीले गाएकाे हिट भिडियाे ः
