देशभर चिसो बढ्यो - तराईमा शीत लहरले जनजीवन कष्टकर


२०७६ पुष ११ - देशका विभिन्न भागमा चिसो ह्वात्तै बढेको छ । राजधानी काठमाण्डौमा हिजो ०. ९ डिग्रिमा झरेको तापक्रम आज विहान केही बढेर १ दशमलव ५ डिग्रि सेस्सियस पुगेको छ । तर तराइ र देशका विभिन्न स्थानका तापक्रम केही तल झरेसंगै चिसो बढेको छ ।

तराइका विभिन्न जिल्लामा हुस्सु कुहिरो र शितलहरले जनजीवन प्रभावित बनेकाे छ । हुस्सु कुइरो जारी रहेकाले हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्नका लागि सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।