युरोपेली युनियनले यस पाली नी नेपाली जहाजलाई कालो सूचीबाट हटाएनन


मंसिर २६, २०७६
 नेपाली विमानलाई  युरोपेली युनियनलेकालो सूचीमा यथावत राखेको छ । युरोपेली युनियनले यसपटकको समीक्षाबाट नेपाललाई कालो सूचीबाट हटाउने अपेक्षा गरिए पनि उनीहरुले नेपाललाई कालो सूचीबाट हटाएनन। 

नेपाली जहाज अब कम्तीमा पनि ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका हुन । सुरक्षा संवेदनशीलता भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपाली जहाज र आकाशलाई कालो सूचीमा राखेको छ ।
सरकारले पटक–पटक कुटनीतिक पहल गरे पनि यो पटक पनि कालो सूचीबाट पार लाग्न सकेन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको छ, तर युरोपेली युनियनले कालो सूचीमै राख्नुमा स्वार्थ लुकेको हवाई विज्ञहरुले बताउँदै आएका छन् । ईयूले १५ देशका १ सय ५५ विमान कम्पनीलाई कालो सूचीमा राखेको छ ।