सूर्य ग्रहणको बैज्ञानिक र धार्मिक पाटा अलग अलग


२०७६ पुष १० काठमाडौं - आज बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्यो । ग्रहण ११.३१ बजे समाप्त भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ८.४२ मा ग्रहण शुरु भएको हो । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त भएको समितिले जनाएको छ । ग्रहण लाग्नुभन्दा चार प्रहर १२ घण्टा अघि अर्थात् हिजो बेलुकी देखि बालक, वृद्ध र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध रहेको उहाँले बताउनुभयो ।

ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने ज्याेतिष शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यस अनुसार यो मान्यतालाई मान्नेहरुले हिजोदेखि नै भोजन नगरी बसेका छन ।

ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको थियो । तर बिज्ञान शास्त्र भने यस शास्त्रकाे ठिक बिपरित मान्दछन । बैज्ञानिकहरू ग्रहणकाे समयमा प्रत्यक्ष प्रकासमा हेर्दा उत्सर्जन भइकाे सुर्यकाे बिकरणले अाखामा असर पुग्ने बताउछन । यस बाहेक अन्य कुनै पनी हानी नहुने बिज्ञान शास्त्रकाे दाबी छ । यसरी बुझदा ज्याेतिष र बिज्ञान बिच बैज्ञानिक र धार्मिक पाटा निकै फरक देखिन्छन । तपाइलाइ के लाग्छ र? कृपया कमेन्टमा प्रतिक्रिया दिनुहाेला ।