काठमाडौंका होर्डिङ बोर्ड धमाधम हटाउन सुरू


२०७६ पुस ११ - काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन सुरू गरिएकाे छ । काठमाडौं महानगरपालिका को नेतृत्वमा टोली परिचालन गरी ङर तथा बिभिन्न स्थानमा राखिएका होर्डिङबोर्डहरू झिक्न सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले ४ वटा कार्यदल बनाएर साे अभियान चलाएको हाे । गत बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो ।

महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बनाएर कार्यदललाई ४ वटामा विभाजित गरी काम सुरु गरिएको हाे । काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन सर्वोच्चले ४ वर्षअघि नै आदेश दिइसकेकाे थियाे । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड निषेध गरेको थियो ।