चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि : विराटनगर ३२ रनले पराजित


२०७६ पुस १२ पाेखरा - पोखरामा भएकाे पोखरा प्रिमियर लिग (पीपीएल) २०७६ क्रिकेट दोस्रो संस्करणको उपाधि शनिबार चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता मा समेतिएकाे चितवनले पोखरा रंगशालामा भएकाे फाइनलमा खेलमा विराटनगर टाइटन्सलाई चितवनले ३२ रन हार चखाउदै उपाधी चुमेकाे हाे । २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनायाे । उसका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले तर अर्का ओपनर सुनील धमलाले ४ रनमात्र बनाए उनलाई सन्नी पटेलले बोल्ड गरेका थिए ।

तेस्रो ओभरमा लोकेस बम पनि करण केसीको बलमा लङअन क्षेत्रमा बाबर हायतबाट क्याचआउट भएपछि विराटनगर सुरुमै दबाबमा परेको थियो। तेस्रो विकेटका लागि जायदले नोमन खानसँग मिलेर ५३ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे पनी ओभरथ्रोमा रन लिने प्रयास गर्दा रनआउट भएका नोमनले मात्र १८ रन जोडे। त्यसपछि आएका कप्तान प्रदीप ऐरीसँग मिलेर जायदले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

१४.१ ओभरमा जाइद ५७ रनको स्कोरमा आउट हुन पुगे । उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए पाँचौं विकेटका लागि पुनित मेहरा र कप्तान प्रदीपले ४७ रनको साझेदारी रह्रयाे । १७.५ ओभरमा पुनित मेहरा ३२ रनको स्कोरमा आउट भएपछि विराटनगरको हार तर्फ उन्मुख बन्याे त्यसपछि लगातार विकेट झरयाे । १९ औं ओभरमा करण केसीले दिलिप नाथलाई शुन्य रनमै आउट गराए यसै गरी कप्तान प्रदीप पनि ३६ रनको स्कोरमा आउट हुन पुगे ।

प्रदीपले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङमा करण केसीले ३, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट लिए । यस अघि टस हारेर ब्याटिङ सुरू गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतकीय योगदान गरेका थिए ।

करण केसीले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरी ८ बलमा २६ रन प्रहार गरेर टिमलाइ उकासे । पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहनले ३६ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए। ३.२ ओभरमा किशोर महतोको बलमा आउट हुनुअघि पारसले ११ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाएका थिए । तेस्रो नम्बरमा आएका बाबर हायत भने अर्को ओभरमा ५ रनमै आउट हुन पुगे । तर तेस्रो विकेटका लागि रोहनले अनिलकुमार साहसँग मिलेर ९५ रनको लामाे साझेदारी भएपछी चितवन विशाल स्काेर तर्फ अघि बढेको थियो।

१६ औं ओभरमा दुवै ब्याट्सम्यान पुनित मेहराको बलमा आउट भएका हुन्। अनिलले ३४ बलमा ३ चौका र ३ छक्का तथा रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित समान ५०/५० रन जोडेका थिए। आरिफ शेखले ११ बलमा मात्र १९ रन जोडेर आउट भए।

छैटौं विकेटका लागि सन्नी पटेल र करण केसीले ११ बलमा ३२ रनको साझेदारी गरेपछि चितवनले २ सय रनको स्कोर पार गरेको थिाये । समान ८/८ बल खेलेका सन्नी र करणले क्रमशः १६ र २६ रन प्रहार गरे। करण केसीले विराटनगरका किशोर महतोको अन्तिम ओभरमा २ चौका र २ छक्कासहित २४ रन जोडेका थिए। बलिङमा विराटनगरका मोहम्मद जाइद आलम र पुनित मेहराले २/२ विकेट लिए। किशोरले १ विकेट झारेका थिए ।