घट्याे बिमल घर्ती मगर सहित अन्य ३ खेलाडीमाथी प्रतिबन्ध, अब लिग खेल्न पाउने


२०७६ पुष ९ - अखिल नेपाल फुटबल संघले (एन्फा)ले नेपाली राष्टिय टिमका महत्वपुर्ण खेलाडीहरू विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय सिमा छाेट्याएकाे छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए ।

एन्फाले चारै खेलाडीमाथि ५० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) गुमाउनु परेको थियो । याे निर्णय संगै अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने भएकाे हाे । भिडियाे हेर्नुस यसरी कारबाहीमा परेका थिए ४ जना खेलाडी :