साग जस्तै नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य रूपमा गरिने


२०७६ पुष १३ काठमाण्डौ - नेपाल सरकारले देशमा करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आउँदो बुधबार देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान हुन गैरहेकाे छ । अाउने बिदेशी नयाँ वर्षको पहिलो दिन अर्थात जनवरी १ अर्थात पुस १६ गते बुधबारबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन हुनेछ । नेपाल भ्रमण वर्ष भ्रमण वर्ष सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । साे अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको हाे ।

उद्घाटन समारोहमा नेपालका बिभिन्न माैलिक एेतिहासिक सांस्कृतिक कार्यक्रमका प्रस्तुत गरिनेछ । मन्त्री भट्टराईले यसअघि नै काठमाण्डौ उपत्यकाका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर आ–आफ्नो नगरका परिचय झल्किने झाँकी प्रदर्शन गर्न अनुरोध गरेका थिए । यसै गरी नेपालका ७ प्रदेशका मुख्यमन्त्रीले आ - आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्ने याेजना तय भएकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाइसकेकाे बताएका छन ।

उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ । सरकारले नेपाल भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा झण्डै २ करोड खर्च हुने अनुमान गरिएको छ ।

भ्रमण वर्षको उद्घाटन समारोह हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको उद्घाटनजस्तै भव्य हुने संयोजक वैद्यको विश्वास गरेका छन । त्यसका लागि आवश्यक बजेट छुट्याइएको उहाँले जानकारी दिनुभएको छ । भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन : पर्यटनमन्त्री भट्टराई पर्यटनमन्त्री योगेश भट्टराईले ‘भ्रमण वर्ष २०२०’ को अभियान एक वर्षका लागि मात्रै नभएको बताउनु भएको छ । भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन । ‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो’ उहाँले भन्नुभएको छ, ‘हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ । यस अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।