६ हजार घुससहित इन्स्पेक्टर र सहायक हवल्दार अख्तियारको फन्दामा


२०७६ पुष १० बुटवल - प्रदेश ५ रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरा स्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित विहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ गरेको हो । घरयासी सामग्री ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिइरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिएका छन ।