बत्ति जानासाथ सञ्जालमा प्रश्न : कुलमान कता जानुभयो ? कुलमानकाे जवाफ यस्ताे छ .....


२०७६ पुस १२ - काठमाण्डाै - मंसिर लागे यता देशभर झ्याप्प झ्याप्प बत्ती जाने क्रम निकै बढेको जता ततै जनगुनासाे बढेकाे छ । काठमाण्डाै उपत्यकामा विशेष गरी बिहान र बेलुकाको समयमा त्यस्तै अाधिकारिक लाेड सेडिङ नभए पनी पाेखरामा त झनै दिनमै घन्टाै सम्म बत्ती आउने जाने भैरहँदा जनता हैरान छन ।


नेपाल विद्युत प्राधिकरणले बिजुलीकाे माग धान्न प्राधिकरण सक्षम रहेकाे र खाना बनाउन पनी बिजुलीकाे प्रयाेग गर्न अनुराेध गरे पनी खाना पकाउने बेलामा नै बत्ती गैरहन्छ भनेर सामाजिक सञ्जालमा धेरै जनाले प्रतिक्रिया जनाइरहेका छन । तर प्राधिकरणले भने माग धान्न नसकेर नभइ प्राविधिक समस्याले बत्ति जाने बताएकाे छ ।

बत्ती जानेबित्तिकै उपभोक्ताले भन्ने गरेका छन ‘कुलमान घिसिङ कता जानुभयो, कुलमान हराउनुभयो, कुलमानले माया मार्नुभयो’ लगायतका प्रतिक्रिया संजालमा दिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले औपचारिक रूपमा नेपाल लोडसेडिङ मुक्त देश घोषणा गरेकाे २ वर्ष भैसकेकाे छ । देशकै उत्पादन व्यवस्थित गर्ने, पुराना संरचना फेर्ने, थला परेका आयोजना पूरा गरेर र भारतबाट बिजुली आयात गरेर प्राधिकरणले देशलाई लोडशेडिङ मुक्त बनाइसकेको छ ।

अहिले बर्खाको समयमा त लगभग नेपालमै उत्पादन भएको बिजुलीले पनी पुग्ने अवस्था छ । तर पनि हिजोआज झ्याप्प झ्याप्प बिजुली गैरहन्छ । सामाजिक सञ्जालमा बत्ति जानेबित्तिकै कुलमान जानुभयो भनेर धेरैजनाले लेख्न थाल्नुभएको छ, तपाइँलाई कस्तो लाग्छ ? भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाँस्दै भन्नुभयो, ‘पहिला तालिका नै बनाएर लोडसेडिङ हुन्थ्यो, अहिले त्यस्तो छैन, बत्ती जाँदा कुलमान जानुभयो भन्ने प्रतिक्रियालाई मैले म माथिको भरोसाको रुपमा लिएको छु ।

घिसिङले बिजुली भार नपुगेर नभइ पुराना संरचनाले लोड धान्न नसकेका कारण बत्ती जाने समस्या आएको र यसको समाधान गर्ने काम पनि भैरहेको त्यसै गरी सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुन सक्ने बताउनुभयो ।