पिछडिएका क्षेत्रका बालबालिका र महिलाकाे शिक्षा सुधारमा लाग्छु : अनुष्का श्रेष्ठ


२०७६ पुष ७ काठमाण्डाै – ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाको पिछडिएका क्षेत्रका महिला तथा बालबालिकाको शिक्षा सुधारमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । केही समय अगाडी लण्डनमा सम्पन्न भएको ‘मिस वर्ल्ड पेजेन्ट २०१९’ मा आफूले महत्वपूर्ण विषयलाई उठान गरेको भन्दै श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएकी हुन् । उनीहरुको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने लक्ष्य अनुरुप आमाहरुको आर्थिक सुधारमा केन्द्रित भइ बालिकाहरुको शिक्षामा जोड दिइने उनले बताइन् ।

अनुष्काले मिस वर्ल्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ पर्पाेस’ र ‘मल्टिमिडिया अवार्ड’ हात पारेकी थिइन् । आफूले नेपाललाई विश्वसामु चिनाउन सक्दो प्रयास गरेको उनले बताइन् । यसबाहेक श्रेष्ठ, ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी देशका प्रतिस्पर्धीहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् । नेपालले सन् १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ ।

उनले हरेक वर्ष नेपालले महत्वपूर्ण उपाधि हासिल गर्नुलाई सफलताको रुपमा लिएकी छिन् । गएकाे वर्ष मिस नेपाल वर्ल्ड २०१८ मा श्रृङ्खला खतिवडाले पनि ‘मल्टिमिडिया अवार्ड’ सहित ‘ब्युटी विथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन् ।