चिसो बढेसँगै एलपी ग्याँसको माग उच्च


२०७६ पुष १३ काठमाडौं - नेपाल अधिराज्य भर बढेको चिसोसँगै एलपी ग्यासको माग पनि उच्च भएकाे छ । निगमका निर्देशक दीपक बरालले चिसो बढेपछि तीन हजार मेट्रिक टन ग्यासको माग बढेको जानकारी दिनुभयो । चिसोमा पानी तताउने हिटर ताप्ने, र कोठा तातो बनाउनेल गायतका बिभिन्न गतिविधि बढेपछि ग्यासको माग बढेको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले चिसो बढेपछि १२ देखि १५ प्रतिशत माग वृद्धि भएको छ जनाएकाे छ । निगमले मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्छ । तर गत महिना ४० हजार मेट्रिक टन ग्यास आयात गरेको भएपनी माग उच्च भएकाेले आपूर्ति पनी बढाइएको निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार हाल नेपालका ४० प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका छन् भने अन्यले दाउरा लगायत अन्य बैकल्पिक उर्जाकाे प्रयाेग गर्ने गर्दछन । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आर्थिक वर्ष २०७१/७२ मा २५ लाख आठ हजार २९९ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो भने २०७५/७६ मा हाल सम्म् ४० हजार मेट्रिक टन पुगेको छ ।