पुरुष फुटबल फाइनलको टिकट २४ घन्टाअघि नै सकियो


मंसिर २३ 
नेपालमा  भैरहेकाे  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार घरेलु नेपाल र भुटान भिड्दैछन् । साे फुटबल खेल दशरथ रंगशालामा मंसिर २४ गते दिउँसो ३ बजेबाट  हुनेछ । फाइनल खेलको टिकट भने २४ घन्टाअघि नै सकिएको छ ।
 फाइनल खेलका लागि बिक्रीमा राखिएका सबै टिकट अनलाइनमार्फत् अग्रिम बिक्री भएकाे हो । फाइनल खेलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआइपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य कायम गरिएको थियो । 

तर, टिकट बिक्रीको जिम्मा लिएको ‘ई–सेवा’ ले सोमबार अपराह्नबाटै खेलका सबै टिकट बिक्री भइसकेको ‘ई–सेवा’ले जनाएको छ । फाइनल खेलका लागि कूल १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर, समर्थकको ओइरो लागेपछि फाइनल खेलको सबै टिकट २४ घन्टाअघि नै अनलाइनमार्फत् बिक्री भएको हो । 

दशरंथ रंगशालाको कूल दर्शक क्षमता १५ हजार छ । तर, अनलाइनमार्फत् भने १४ हजार टिकट मात्रै बिक्रीमा राखिएको थियो । यस अगाडीका खेलहरूमा भुटान माथी नेपाल हावी हुदै अाएकाे छ । 

तर भुटान पनी पछिल्लाे समय सागमा उच्च प्रदर्शन गर्दै नेपाल संग ४-0 ले नमिठाे हार भाेगे पनी अन्य टिमहरूलाइ सहजै पाखा लगाउदै फाइनलकाे यात्रा तय गरेकाे हाे, यस अर्थमा पनि फाइनल खेल राेमान्चक हुने भएकाे छ ।