डिभोर्स पछी गायक रामकृष्ण ढकालले लेखे यस्ताे भाबुक स्टाटस


२०७६ पुस ९ - बरिषठ गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले अहिले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर पत्याउन पनी गाह्राे थियाे । डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।

उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने बताएका छन। रामकृष्णले श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन । बाहिर हल्ला चलेपनी गायक रामकृष्णले आफूहरुको डिभोर्स भएको स्वीकार गरेका छैनन यद्यपि, अदालतले भने यसलाई पुष्टि गरिसकेको छ ।