पुरूष साग फुटबलमा नेपालकाे कमब्याक जित


काठमाडौं, मंसिर २१
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो 
जित निकालेको छ । आज भएको खेमला नेपालले पाहुना टोली माल्दिभ्सलाई २–१ हरायो ।
 काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पछि परेको अवस्था उल्टाएर खेल जितेको हो । माल्दिभ्सका लागि खेलको १८औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गरर नेपाललाई झट्का दिएका थिए ।
तर, खेलको ४३औं मिनेटमा नेपाल खेलमा फर्कियो । नेपालका लागि अभिषेक रिजालले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । अभिषेकले बक्स बाहिरबाट उत्कृष्ट भली किकमा बललाई जाली चुमाएका थिए । उनकै गोलको मदतमा नेपालले पहिलो हाफमा १–१ बनायो ।
त्यसपछि दोस्रो हाफमा नेपालले खेलमा विजयी गोल हान्यो । ५१औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेडिङमार्फत् बललाई पोस्टको दिशा दिएपछि खेल नेपालले २–१ ले जित्यो । यो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

यो जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोडेको छ । नेपाल आफ्नो समूहको शीर्ष स्थानमा चढेको छ । उपाधिका लागि दुई समूहका दुई शीर्ष टोलीले भिडन्त गर्नेछन् ।  Check Football ResultTable