नेपालभर अझ चिसो निरन्तर बढिरहने


२०७६ पुष १३ काठमाडौं - नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएका कारण देशभर अझै केही दिन चिसो निरन्तर बढिरहेने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएकाे छ । केहि दिन यताबाट निरन्तर बढिरहेको चिसोले देशभरको जनजीवन भने प्रभावित भैरहेकाे छ । तापक्रम मा भारी गिरावट भए सँगै उपत्यकामा बिहान र बेलुका एकदमै चिसो महसुस गरिएको छ ।

काठमाडौं उपत्यकामा हिजो यो बर्षकै सबैभन्दा न्युन तापक्रम शुन्य दशमलव ६ डिग्री मापन गरिएको थियो । विहान १ डिग्री मापन गरिएको उपत्यकाको तापक्रम घाम लाग्दा भने केही बढ्ने गरेकाे छ । चिसो बढे संगै उच्च पहाडी र हिमाली जिल्लाहरुको तापक्रम 0 भन्दा तल माइनसमा रहेकाे छ । मौसम पुर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार आज पनि जुम्ला, मनाङ, मुस्ताङ, हुम्ला लगायतका जिल्ला र जोमसोम, जिरी लगातका स्थानहरुमा तापक्रम माइनसमा रहेकाे छ ।

तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन महाशाखाले आग्रह गरेको छ । साथै चिसोको असर, बाक्लो हुस्सुका कारण यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सर्बसाधरण जनातालाइ सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।