नेपाली चेली गाैरिकाले ४ स्वर्ण जित्दै अर्काे इतिहास रचिन्


मंसिर २३, २०७६
काठमाण्डौ - १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । 
सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गरिन् । शिवांगीले निर्धारित दुरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।   
गाैरिकाले आइतबार मात्रै एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् । साेमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगकाे कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठाैँदेखि एघाराैँ सागमा चार स्वर्ण जितेका थिए ।  याेसँगै गाैरिका ३५ वर्षे सागकाे इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलाे खेलाडी बनेकी छिन् । 

१३औँ सागमा गौरिकाको यो चौथौ स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।  त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् । याेसँगै १३औँ सागमा नेपालकाे स्वर्ण संख्या ४९ पुगेकाे छ ।
मेडल तालिका हेर्न तल जानुस ः 



2019 SAG Football Final - Fixtures / Schedule