नेकपाकाे निष्कर्ष प्रदेश नम्बर ३ को नामांकन बागमती र तत्कालकाे राजधानी हेटौडा !


२०७६ पौष १३ काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ काे राजधानी र नामाङकनकाे लागी अाफ्नाे निर्णय टुङग्याएकाे छ । अाइतबार राजधानीमा बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नामांकन बागमती र तत्कालका लागि राजधानी मकवानपुरको हेटौडा राख्ने निचाेड निकालेको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लामो छलफल पछि सबैको भावना समेटी सो निर्णय गरिएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन ।