साग महिला फुटबल : नेपाल भारतसँग हार्याे । फाइनल फेरी भारतसंग खेल्ने पक्का


काठमाडौं, मंसिर २१
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग स्तब्ध बनेको छ । आज पोखरा रंगशालामा भएको खेलमा नेपाल आफ्नो खास प्रतिस्पर्धी भारतसँग ०–१ ले स्तब्ध बन्यो ।

नेपालले महिला फुटबलको उपाधिका लागि फाइनल खेल भारतसँगै खेल्दैछ । तर, सोअघि समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग हार टार्न सकेन ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा भारतलाई जिताउन बालादेवीको १ मात्रै गोल निर्णायक बन्यो । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी थिइन् ।
नेपाल भारतसँग खेल्नुअघि नै फाइनल पुगेको थियो । यदि आज नेपाल विजयी भएको भए शीर्ष स्थानमा रहेर फाइनल पुग्ने थियो । तर, भारतसँग हारेपछि नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो ।