फुलचोकीमा हराएका ५ जना लाइ प्रहरी सकुसल द्वारा उद्दार


२०७६ पुस १२ काठमाडौं - फुलचोकीमा हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको सकुसल उद्दार गरेकाे हो । बाँडेगाउँ बाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा गएकाे ७ जना प्रहरीको टोलीले उनीहरूलाइ उद्दारका गरेकाे हाे ।

अचानक उनीहरुले बाटो भुले पछि ललितपुर प्रहरीलाई खबर गरेका थिए र प्रहरीकाे टाेलीले उद्दार गर्न सफल भएकाे हाे । जाेडाे माैसममा त्याे ठाउमा हिउ पर्ने हुदा फुलचोकीमा हिँउ खेल्न पुग्नेहरु हराउने घटना हरेक वर्ष प्राय हुने गरेको छ । फुलचोकी जाने बाटोहरूमा प्रहरीले बाटो तथा लाेकेसन खुल्ने गरी बोर्डहरु राखेको भए पनि त्यसलाई ब्यवास्ता गरी हिँड्दा घुम्न गएका युवा-युवती बाटो बिर्सेर हराएकाे प्रहरीले जनाएकाे छ ।