क्लब विश्वकपको उपाधी लिभरपुलले उचाल्याे




काठमाडौं,पुष ०६:

बेलायतको फुटबल क्लब लिभरपुलले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गए राति भएको खेलमा ब्राजिलको फुटबल क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो । फिफाको आयोजनामा कतारमा भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा दुबै तर्फबाट निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन् ।


तर थप गरिएको अतिरिक्त समयको ९ औ मिनेटमा गोल गर्दै युरोपियन क्लब च्याम्पियन लिभरपुलले दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गोलाई पराजित गर्न सफल भयो । लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले गोल गरेका थिए ।