गायक दिपकजंग मगरको दोश्रो म्युजिकभिडियो छायांकन सम्पन्न (फोटो फिचर्स )




नव उदयमान गायक दिपकजंग मगरले आफ्नो दोश्रो गितीभिडियो यो नानीको चोलिमा  दर्शकश्रोता माझ सार्वजनिक गर्ने तयारी गरी सकेका छन । केही दिन अगाडी मात्रै जापानमा छायांकन गरिएको उक्त गीत सम्पादनको अन्तिम चरणमा रहेको बताइएको छ । 

चर्चित संगीतकार सरोज लामाको संगीत अनी तिब्बत दर्लामिको रोमान्टिक शब्दमा दिपकजंग मगरको सुमधुर स्वरले सजिएको गीतलाई अर्का गायक भुवन सिं थापाले भिडियो निर्देशन छायांकन तथा सम्पादन गरेका हुन ।

 गीतमा स्वयम गायक दिपक र काम्स्यो घलेको रोमान्टिक अभिनयको साथमा हिरा मगरले पनि भिडियोमा अचारको रुपमा रमाइलो सहयोगी अभिनय थपेका छन । लोक पप बिधामा रहेको उक्त गीतलाई जापानमा छायांकन गरिएता पनि नेपाल जस्तै देखिने द्रिश्यहरु कैद गरिएको उक्त गीतमा कौडा बुढा मगरले छायांकनमा साथ दिएका छन ।