तिर्सना शुक्रबारबाट बजारमा



पछिल्लो समय बिष्णु माझीको आवाजमा रहेको नचाउने खालको गीतहरु बजारमा आउने क्रम जारि छ, तेसै क्रममा गायक/सर्जक पृथ्वी भुजेलको लय तथा सब्दमा रहेको गीत तिर्सना गत सुक्रबार सार्बजनिक भएको छ । गीतमा बिष्णु माझी र पृथ्वी भुजेलको आवाज रहेको छ । डोलराज बारघरेको एरेन्जमा रहेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । स्मृति तिमिल्सिना गुरुआमा को निर्देसनमा रहेको गीतको भिडियोमा करिश्मा ढकाल र दल बहादुर थापाको अभिनय रहेको छ । भिडियोमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ भने सन्तोष महराको ड्रोन अपरेटिङ्ग रहेको छ । seed इनटरटेडमेन्ट युवटुब च्यानलबाट तिर्सना गितका सह अभिनय गर्ने कलाकार तथा शिक्षक बिष्णुमास्कीको जन्मदिनको अवसर पारेर युवटुवमा पव्लिस्ट गरियको थियो । कार्यक्रममा गितका यारेन्जर डोलराज बारघरे ,निर्देशक स्मृति तिमिल्सिना गुरुआमा कलालार दलबहादुर थापा , सम्पादन गर्ने प्रकाश धमला लगाएतले शुभकामना मनतव्य गर्दै तिर्सना गितको प्रगतिको कामना गर्नु भएको थियो । सोही गितको बारेमा अभिन गर्ने अर्का कलाकार साजन मग्राति यस गितबाट केही आसा लागेको बताउदै लोक गितलाइ माया गरि गित हेर्ने सुन्ने देश विदेशमा रहरका सम्पुर्ण दर्शकलाइ आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिनुहुन अनुरोध गर्नु भएको थियो ।