लूटतन्त्र र्याप गीतभिडियो सार्वजनिक




देशमा भईरहेको लथालिंग अनी बिकृतिलाई र्याप गीत "लूटतन्त्र" बोलको म्युजिक भिडियो र्यापर समिर तिमील्सेनाले आफ्नै युट्युब च्यानल नेज्जी अफिसिअल मार्फत सार्वजनिक गरेका छन । र्यापर समिरको आफ्नै शब्द अनी स्वरमा रहेको उक्त र्यप गीतमा अनुप कुमारको बिट रहेको छ भने भिडियो निर्देशन, क्यामरा अनी सम्पादन आङ्दुइ ह्योल्मोले गरेका छन । लोक तन्त्र हैन यहाँ लूटतन्त्र चल्दै छ भोका नांगाहरु यहाँ सडकमा नै मर्दै छ जस्ता शब्दहरुले सरकारलाई ब्यंग गर्दै बिक्रिती बिसंगतीहरुलाई यस गितले समेटिएको छ ।