सीधाकुराका नक्कली रिपोर्टर प्रहरीको फन्दामा (भिडियो सहित)


२०७६ पुष ८ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ४७३ औं एपिसोड मा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. ‘सीधाकुरा’को नाम लिदै ठगी गर्ने बस्नेत प्रहरी नियन्त्रणमा ! काठमाडौं । दोलखाका इन्द्रबहादुर थापाका छोरा मानबहादुर थापा ११ बर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । भिसा सकिएपछि अबैध तरिकारले बस्दै आएका उनी सुरुका तीन बर्षसम्म परिवारको सम्पर्कमा थिए । तर, अहिले परिवारको सम्पर्कमा नभएको ८ बर्ष वितिसकेको छ । दोलखा कालिञ्चोकबाट बृद्ध बाबु इन्द्रबहादुरले कयौं पटक छोराको खोजी गरिदिन गुहार माग्दै काठमाडौं आएर केही युट्युव च्यानललाई अन्तर्वार्ता पनि दिएका थिए । शिव बस्नेतले इन्द्रबहादुरलाई आफू पत्रकार भएको र ‘छोरा खोजिदिन्छु, तपाईहरु तुरुन्त काठमाडौं आइहाल्नुस्’ भन्दै बोलाए ।



२. नारायणी नदीमा निजी पानी जहाज ! कहिले आउँछ सरकारी ? काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ पुस १६ मा नेपालले पानी जहाज सञ्चालन गर्ने भन्दै पानी जहाजको टिकट काट्नका लागि निम्तो समेत गरेका थिए । ओलीले लाइन लागेर व्यवस्थित तरिकाले टिकट काट्न पनि सुझाव दिए । त्यसको एक बर्षपछि २०७५ फागुनमा एकान्तकुनास्थित पानी जहाजको कार्यालयनै उद्घाटन भयो । तर, अहिलेसम्म सरकारी निकायबाट पानी जहाज सम्बन्धी देखिने गरी काम भएको पाइदैन । करिब ८ महिनाअघि पानी जहाज ल्याउने काम के हुदैछ भनेर हाम्रो टिम एकान्तकुनामा रहेको पानी जहाजको कार्यालयमा पुगेको थियो । तर, कार्यालयमा कर्मचारीनै थिएन्न् ।



३. अबैध उत्खनन् गर्ने ठेकेदारले जनप्रतिनिधिलाईनै टेर्दैनन् ! बारा । जितपुर सिमरा उप–महानगरपालिका क्षेत्र भित्रका खोलामा उत्खनन् गरिरहेका ठेकेदारले जनप्रतिनिधिलाई समेत टेर्दैनन् । उनीहरु यतिसम्म बलिया छन् कि, उप–महानगरपालिकाबाट एउटा मात्रै स्काभेक्टर प्रयोग गर्न पत्र बुझेकै भोलिपल्टबाट दुई÷दुई वटा स्काभेक्टर प्रयोग गरी नदी दोहन गरिरहेका छन् । यति मात्र होइन, उप–महानगरपालिकासँग गरेको सम्झौतामा ३ फिटसम्म गहिराई बनाउने उल्लेख भएपनि १० देखि १५ फिटसम्म गहिरो बनाई ढुंगा गिट्टी उत्खनन् गरिरहेका छन् । जितपुर सिमरा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेडाईका अनुसार १ मिटर गहिराई र २ वटा स्काभेक्टर प्रयोग गर्नु कानूनले दिदैन ।

भिडियाे हेर्नुस :