साग महिला क्रिकेटमा माल्दिभ्स ६ रनमै समेटियो


मंसिरर १९ 
पोखरा - बंगलादेश १३ औं दक्षिण एसियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । माल्दिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो ।
 बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए । 

६५ बलको सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक ब्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । बंगलादेशकी समिमा सुल्तान रनआउट भएकी थिइन् । जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्सको पारी मात्रै ६ रनमा समेटियो । 

माल्दिभ्सकी समा अलिले २ तथा स्माइस र अतिमाथले १/१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङमा रितु मोनी र सलमा खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रवर्तीले पनि एक/एक विकेट लिए । 

योसँगै राउन्ड रोबिनका पूरै ३ खेलमा जित हाासिल गरेको बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

 फाइनल पुग्न अब नेपालले श्रीलंका विरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने भएको छ । राउनड रोबिनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय ब्यहोर्दै समान २/२ अंक जोडेका छन् ।

 नेपाल र श्रीलंका दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान र २ अंक जोडेका हुन् । तर नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ ।


*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः