दशगजा क्षेत्रका अवैध संरचना हटाउने अभियान सुरू


२०७६ पुस ११ रौतहट - नेपाल - भारतको सीमा क्षेत्र को दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन थालिएकाे छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका अबैध गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन सुरू गरिएकाे हो ।

दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयले निजी कामका लागि प्रयोग गर्दै आएका थिए । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका घरगोठका कारण कतिपय स्थानमा सीमा स्तम्भ खोज्न मुस्किल हुने गरेको थियो ।

भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेकाे खुलेकाे छ । गौर बैरगनिया जोडने मितेरी पुलको छेउमै भारतीय पक्षले भन्सारको चेक प्वाइन्ट पनी बनाएको छ । दशगजा क्षेत्रमा अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाउने र सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यका साथ अतिक्रमण हटाउने काम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविन राज कर्णजितले बताएका छन । ‘हामीले परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५-१, ३५५-२, ३५४-३, ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइसकेका छौं’ सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले भन्नुभयाे, ‘सबै सीमा स्तभ्महरुकोे तथ्याक पनि संकलन गरेका छौं ।