धरोहरका रुपमा उठ्दैछ नया धरहरा , यस्ताे छ बेलिबिस्तार


२०७६ पुष ११ काठमाण्डौ - २०७२ सालमा नेपालमा अाएकाे शक्तिशाली भुईँचालोले धरहरा भत्केपछि ठुटो मात्रै बाँकी थियो । अहिले यही ठुटो संरक्षण गरेर छेवैमा नयाँ धरहरा ठडिंंदैछ । धरहरा पुन निमार्ण काम सुरु भएको करिब एक वर्ष दुई महिना भैसकेकाे छ । एक वर्ष अघिसम्म काम सुरु हुन नसकेको धरहराले अहिले भने धरहराकाे आकार लिन थालेको छ । टक्सार विभाग र गोश्वारा हुलाकका भवन समेत भत्काउने काम भैरहेको छ ।

हाल सुन्धारा परिसरमा भूकम्पअघि काे जस्ताे अबस्था अहिले छैन । धरहरा बन्ने क्षेत्रभरीका टेलिकमका तार सबै व्यवस्थापन गरिसकिएकाे छ । । २२ तला बन्नुपर्ने धरहराको तीन तलाको काम सकिएको छ । जमिनमुनीको भाग बेसमेन्ट २ तलाबाहेक धरहराको तीन तला सकिएको हो । पोहोर असोजमा काम सुरु भएदेखि अहिलेसम्म धरहराको झण्डै ३२ प्रतिशत काम भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । मानन्धरले भन्नुभयो, ‘पुरानो धरहरा ९ तलाको थियो, नयाँ धरहरा पनि झट्ट हेर्दा ९ तला नै देखिन्छ ।

तर बेसमेन्ट सहित बाहिरबाट ११ तला र भित्र २२ तलाको धरहरा बन्नेछ ।’ बिगतमा धरहरा पुन निमार्ण काे काम चर्चामै भूकम्पपछिका तीन वर्ष ८ महिना यतिकै बितेपनी सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान सफल हुन सकेन भूकम्पले ढलेको धरहरा पुन निमार्ण १० महिना पछि मात्र सुरु भयाे । सरकारले २०७३ पुस २१ गते धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गर्‍याे । तर टेलिकमले करिब १० महिनापछि २०७४ असोजमा धरहराबाट हात झिक्यो ।

त्यसपछी काठमाण्डौ महानगरपालिका, पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कसले नेतृत्व लिने निर्णय गर्न नै धेरै समय कुर्नु परयाे ।

विवादपछि गत बर्षको असोजमा प्राधिकरण आफैंले काम सुरु गरी ठेक्का लगाएको थियाे । अाधुनिक तवरले नया धरहरा बनाइएकाे हुदा पुरानो धरहरामा चढ्दा डराउनुपर्थ्याे तर नयाँ धरहरामा जाेखिम हुने छैन । धरहराको उचाइमा त्यति धेरै फरक नहुने र , साइज मात्रै फरक फरक रहेकाे , वास्तुकलामा पनि कुनै फरक नपर्ने। प्राधिकरणले जनाएकाे छ ।

धरहरामा पुरानै गजुर र महादेवको मूर्ति पनि राखिने भएकाेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । नयाँ धरहरा ४२ दशमलव ३ रोपनी क्षेत्रफलमा हुनेछ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने तयारी रहेकाे छ । पुरानो धरहराको ठुटोलाई नचलाइकन संरक्षण गरिनेछ । अहिले छेकबार मात्रै गरेर राखिएको छ । त्यसका लागि रेक्ट्रोफिटिङको काम हुनेछ । धरहरालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । नयाँ धरहराको हरेक तलामा गोलो सिसाका झ्याल हुनेछन् । १८ औं तलामा सानो हल पनि हुनेछ ।

यो हलमा भूकम्प सम्बन्धी सामग्रीको भिडियो हेर्न पाइनेछ । नयाँ धरहराको फेदमा दुई तलामा नेपाली उत्पादन सामग्री, हस्तकलाका बस्तु, कलाकृती, थान्का राखिनेछ । काठमाण्डौ मलको पनि दक्षिणपट्टीको केही भाग भत्काउने तयारी छ । धरहरा क्षेत्रमा पर्ने टक्सार तथा गोश्वारा हुलाक हटिसकेका छन् । पुरानो धरहराले ओगटेको क्षेत्र, गोश्वारा हुलाक, टक्सार विभागसहितको जग्गामा नयाँ धरहरा बन्न लागेको हो । धरहरा लिफ्ट चढेर जान सकिनेछ । धरहरा म्यूजियम, थिएटर, वाटर फाउण्टेन, बगैँचा, रेष्टुराँ, पार्किङ्गको पनि सुविधा हुनेछ ।

साथै सुन्धारामा पानी ल्याइनेछ । जमिनमूनी तीनवटा तला नै पार्किङ्ग बन्नेछन् । २०/२२ वटा धारा पनि बन्नेछन् । यसले ट्राफिक चाप न्यूनिकरणमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । उपाकु मार्ग पुरानो धरहरा र नयाँ बन्दै गरेको धरहराको बीचमा रहनेछ ।

उपाकु हिँड्नेहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा बन्दै गरेको धरहरामा अहिलेसम्म ६६ करोड रुपैयाँ खर्च भैसकेको निर्माण कम्पनीले जनाएकाे छ । अर्को वर्षसम्म मा धरहरा निर्माण गरिसक्ने निर्माण कम्पनीको लक्ष्य छ । २ वर्षमा काम सक्ने गरी जीआईईटिसी रमन जेभीले अघिल्लो बर्ष असोजमा निर्माणको जिम्मेवारी लिएको हो ।