स्वर्ण र कास्य जितेपछि गौरिकाले भनिन् : म नेपाली यो मेडल नेपालको


१९ मंसिर
 बिहीबार  पौडीमा नेपाललाई स्वर्ण र कास्यपदक जिताएकी गौरिका सिंहले आज आफ्नो दिन राम्रो रहेको प्रतिक्रिया दिएकी छन । उनले आइतबार व्यक्तिगत २ सय मिटर फ्रीस्टाइलमा स्वर्ण र टिम इभेन्टमा कास्य पदक जितेकी छन । आज मेरो बेस्ट डे रह्यो । 
एकदमै खुशी भएको छु । मलाई तिमी नेपाली होइन भन्छन् म नेपाली हो यो नेपालको मेडल हो । नेपाल र नेपालीलाई डेडिकेट गर्न चाहन्छु’ उनले भनिन् । 
बिहीबारको खेलपछि आफ्ना पनि फ्यान रहेछन् भन्ने थाहा भएको भन्दै गौरिकाले खुशी व्यक्ति गरिन् । गौरिकाले जितेको स्वर्ण नेपालमा पौडीमा व्यक्तिगत तर्फ पहिलो स्वर्ण हो । 

*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः