कुस्तीमा धाेबी धुलाइ गर्दै कम्तीमा पनी ३ स्वर्ण जित्ने नेपालको लक्ष्य


१९ मंसिर २०७६
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेलमा नेपालले कम्तीमा तीन वटा स्वर्ण जित्ने लक्ष्य राखेको छ । २० वटा स्वर्ण पदकका लागि हुने कुस्तीमा नेपालले दुई वटा पुरुषतर्फ र एक महिलातर्फ स्वर्ण जित्ने लक्ष्य राखेको हो । ‘हामी योभन्दा बढी स्वर्ण जित्ने आशमा छौं’ कुस्ती खेलका प्रशिक्षक ब्रहमदेव यादवले भने, “तर तीन वटा स्वर्ण हामीले ल्याउँछौं ।
कुस्ती प्रतियोगिता पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो, ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहमा प्रतिस्पर्धा गरिनेछ । महिलातर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 यसमध्ये नेपालले सात वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ ५७, ६५, ७०, ७९, ८६, ९२ र १ सय २५ तथा महिलातर्फ ५०, ५३, ५७, ६२, ६५ र ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । नेपालका खेलाडीमध्ये सुरेश चुनारा, सरोज यादव तथा शिवानी दुबेलाई स्वर्ण पदकको दाबेदार मानिएको छ । 

‘यी तीन जनाले नेपालका लागि स्वर्ण जित्नेमा आशावादी छृु’ प्रशिक्षक यादवले भने, “उहाँहरुले तालिममा देखाउनुभएको क्षमताले उहाँहरु स्वर्ण ल्याउनेमा हामी ढुक्क छौं ।” सुरेशले ७० किलो तौल समूहमा, सरोजले ६५ किलो र ५३ किलो तौल समूहमा शिवानी दुबेले स्वर्ण जित्ने आश नेपालले राखेको छ । 

यसबाहेक हाम्रा १४ जना खेलाडीमध्ये कोही पनि खाली हात नजाने विश्वास उनको छ । ‘हाम्रो देशका हरेक खेलाडीले पदक पाउँछन्’ उनले भने, “कसैले रजत र कास्य पदकहरु भएपनि पाउनेछन् ।


*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः