"माघे सकराती" बारे लेखन गेममा प्रथम बनिन धादिङकी जेसिका पुलामीमगर


 २०७६ पुष २ 
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप/पेजमा यही मंसिर २९ गते देखी संचालन गरी पूस २ गते सम्पन्न 'खुल्ला माघे सकराती पर्वको बारेमा लेखन प्रतियोगिता २०७६' मा धादिङ,गजुरी -५, हाल नुवाकोट ,ककनी -३,बस्नुहुने जेसिका पुलामी मगर प्रथम हुनु भएको छ । उहाले २५६० मत( like) प्राप्त गर्नुभएको  थियो ।
 त्यसै गरि दोस्रो स्थान सल्यान ,कालीमाति रामपुर -2 हाल सुर्खेत बिरेन्द्रनगर बस्नुहुने रेजिना रानामगरले हात पारेकी छिन। उहाले टोटल २३२५ मत(like) प्राप्त गर्नु भएको  थियो ।
 त्यसै गरि तेस्रो स्थान भने सुर्खेत लेकबेशी  -२ ,बस्नुहुने बिमला पुनमगर हात पारेकी छिन। उहाले टोटल १९२३ मत (like )प्राप्त गर्नुभएको  थियो । 
टोटल ५८ जना प्रतिस्पर्धी  रहेको उक्त प्रतियोगितामा देश बिदेशमा छरियर बस्नुहुने मगर लाफाहरूको सहभागीता रहेको थियो। 

भाषा ,संस्कार संस्कृतिलाई संरक्षण सँगै मगर समुदायले मान्दै आएको महान सांस्कृतिक चाड माघे सकरातीको महत्त्व बारेमा केहि चेतना सँगै प्रचार होस भन्ने हेतुले तीन दिने सामाजिक सञ्जाल फेसबुक online मगर संसार(magar sansar),फोटो ग्यालरी भित्र सञ्चालन गरिएको संस्थापक /खेल संयोजक अनिल लामिछाने थापामगरले जानकारी दिनुभयो । 

गेममा बिजेता हुने तिनै प्रतियोगिले  बिशेष prize को ब्यवस्था रहेको थियो  । prize सौजन्य :- टंक दर्लामीमगर ,दिवस बुढा मगर र प्रशान्त मगरले  गर्नुभएको थियो । 
आयोजक: मगर संसार फोटो ग्यालरी एडमिन परिवार

Watch Magar Movies(films) Collection :
https://www.youtube.com/watch?v=b08VIJnnw34&list=PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw