मनाङको तापक्रम माइनस १० ! खानेपानीको मुहान जमेर धारामा पानी समेट आएन


२०७६ पुष ११ - देशभर चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जान थालेका छन् । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीय घरभित्र नै बस्न बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले खानेपानीको मुहान जमेर पानी समेत धारोमा नआएको बताए ।

अहिले माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् । थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर गइसकेका छन् । प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसान जस्तो भएको बताउनु भयाे ।