रंगशाला अवलाेक गर्दै प्रचण्डले धर्मुसलाई भने : ” तपाई बनाउनुस सरकार र पाटीले सहयोग गर्नेछ


२०७६ पुष ११ चितवन - भुपु प्रम तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गृह जिल्ला चितवनकाे भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्नु भएको छ । रंगशालाकाे स्थलगत अवलोकन गरेर प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ गुणस्तिरिय रूपमा ताेकिएकाे समय मै निर्माण पुरा गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गरेकाे छन ।

अध्यक्ष प्रचण्डले याे प्राेजेक्ट राष्टिय गौरवको आयोजना भएकाे र यसलाइ सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व भएकाे र रंगशाला निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन ।


प्रचण्डले सबैकाे चासाेमा रहेकाे साे रंगशालाको काम कसरी अगाडि बढिरहेको होला अनि के कस्तो भईरहेको होला भन्नेर आफुलाई खुल्दुली लागेकाेले आयोजना निर्माण स्थलमै आएर अवलोकन गर्दा आयोजनाकाे बर्तमान प्रगती देखेर खुसी लागेको बताए । साथै ७७ वटै जिल्लामा रंगशाला निर्माणका लागि सहयोग समिती गठन गरेर अगाडी बढ्न कट्टेललाइ प्रचण्डले आग्रह गर्दै प्रचन्डले निर्माणमा सरकार र पार्टी को तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गरेका छन ।

तपाईहरू निर्माण कार्यलाइ गुणस्तरिय र पारदर्सी ढंगले काम गर्दै जानुस्, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’–पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले थप्नुभयो । आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उहांले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह पनी गर्नुभयो ।