ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्र जडान गरेकाे रुसकाे दावी


२०७६ पुष १२ - अाणबिक रूपमा सम्पन्न मुलुकहरूले अाफ्नाे अाधुनिक तकनिकलाइ एडभान्स बनाउन दिनहु लागी परेका छन । जसमा काे अगाडी जाने भन्ने हाेडबाजी नै चलेकाे छ यसै क्रममा हाल रुसले ध्वनिकाे गति भन्दा २० गुणा तिब्र उड्न सक्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको छ जनाएकाे छ ।

रूसका रक्षामन्त्री सेर्गेई सोइगुलले शुक्रबार राति १० बजे ती क्षेप्यास्त्र तैनाथ गरिएको बताएपनी जडान गरिएको स्थान बारे भने केही खुलाएका छैनन । तर त्यहाँका अधिकारीहरुले यसअघि नै त्याे क्षेप्यास्त्र पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत दिएका थिए । ती क्षेप्यास्त्रमा ग्लाइड प्रणाली राखिएकोले प्रहार गर्न धेरै सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी छ । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले रुसलाई अरु देशभन्दा अगाडि पुर्‍याएको दाबी गरेका छन । रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरे पनि अस्त्र विज्ञहरूले यसको प्रभावकारिता माथि प्रश्न उठाएका छन ।