१३औँ साग : ५ हजार मिटर दाैडमा गाेपीले दिलाए नेपाललाई स्वर्ण


मंसिर २०, २०७६
नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते ।
 उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते । 

जारी सागमा नेपालले एथ्लेटिक्समा दाेस्राे स्वर्ण जितेकाे हाे । यसअघि सन्ताेषी श्रेष्ठले महिला १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । 


*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः