साग पुरूष फुटबल : नेपाल समुह बिजेता बन्दै फाइनलमा : सुनील बने नायक !

काठमाडौं मंसिर २२
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । याे संगै नेपालले भुटान संग भेट पक्का गरेकाे हाे । आज भएको निर्णायक खेलमा पाहुना टोली बंगलादेशलाई १–० ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपालका लागि १ मात्रै गोल विजयी गोल सुनील बलले गरे । फाइनल प्रबेशका लागी आज नेपाललाइ कम्तिमा बराबरीकाे नतिजा चाहिएकाे थियाे । निकै अाक्रामक खेले पनी बंगलादेशी खेलाडीहरू गाेल गर्न सकेनन । याे जीत संगै नेपालले तालिकामा १० अंक जाेडेकाे छ ।
उता भुटान ९ अंक बटुल्दै यस अगाडी नै फाइनलमा प्रबेश गरेकाे छ । भुटानी प्रशिक्षक फाइनलका लागी बंगलादेश संग भिड्न चाहेकाे बताएका थिए किनकी समुह चरणकाे खेललमा नेपालले यस अगाडी भुटानलाइ ४–0 ले हराएकाे थियाे । अब नेपालले भुटान संग स्वर्णका लागी डिसेम्बर १० अर्थात मंसिर २४ मा प्रतिस्प्रधा गर्ने छ ।
यस्ताे छ फुटबल नतिजा तालिका :
