‘टुर दी पोखरा’ इन्धन बचाउन आह्वान गर्दै पाेखरामा साइकल र्‍याली (फाेटाे फिचर सहित)


२०७६ पुस १२ पोखरा - गण्डकी प्रदेशकाे सुन्दर नगरी पाेखरामामा शनिबार साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्‍याली गरेको छ । थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित करिब एक हजार साइकल यात्रीको सहभागितामा र्‍याली गरिएकाे हाे । वरिष्ठ कलाकारद्वय मह जाेडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरेको साे र्‍याली पोखरा रंगशालाबाट सुरु भएको थियो ।


साे कार्यक्रमकाे उत्घाटन गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले कुनै समय साइकल गरिबीको चिनारी भए पनि हाल त्यसप्रतिको दृष्टिकोण बदलिँदै गएको बताए । उनले साइकलले इन्धन खर्च नगर्ने भएकाले यसको महत्व बढ्दै गएको सुनाए । ‘साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ,’ उनले भने, ‘साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । यो खोले, आटोले पनि चल्छ ।’ त्यसै गरी हरि बंश आचार्यले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल नै उत्तम हुने विचार राखेका थिए ।

‘यो कुरा पहिले नै थाहा भएको भए न हाम्रो स्वास्थ्य बिग्रन्थ्यो न वातावरण,’ उनले भने, ‘अहिले हाम्रो देशबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको छ । र्‍यालीमा बालबालिकादेखि प्रौढहरुको सकेत बाक्लाे उपस्थिति रहेकाे थियो । र्‍यालीमा कास्कीसहित बागलुङ, काठमाडौं, स्याङजा, पर्वतलगायत जिल्लाका साइकलयात्रीहरु समेत सहभागी रहेका थिए । साइकल सिटी पोखराले शनिबार साँझ काहुँ होमस्टेमा ‘साइकल र सहर’ विषयमा बहस कार्यक्रम राखेको छ ।

‘टुर दी पोखरा’का लागि सदभावना दूत घोषित भएका साइकल यात्रीद्वय जमुना थापा र विशाल गर्बुजा लाई साइकल सिटी पोखराले सम्मान गरेको थियाे । हालै सकिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइकल प्रतियोगितामा रजत पदक जित्न सफल जमुना थापालाई पनि साे अबसरमा सम्मान गरिएको थियाे । सानै उमेरमा साइकल दौड प्रतियोगिता, ट्रायथोलन लगायतका खेलमा राम्रो प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको हाे ।