अकुपाई टुँडिखेल अभियान : खुलामञ्च सिंंगारियो


२०७६ पुस १२ काठमाण्डाै - अकुपाई टुँडिखेल अभियान मा शनिबार प्रहरीले अवरोध गरेको छ । अभियान अन्तर्गत शनिबार बिहान खुलामञ्च सिंंगार्ने कार्यक्रम भए पनि प्रहरीले केही बेर अवरोध गरेको थियाे । कार्यक्रम सुरु हुँदै गर्दा प्रहरीले बल प्रयोग गर्ने चेतावनी समेत दिएको तर पछि कार्यक्रम सञ्चालन गरेको संयोजक विजय श्रेष्ठले बताएका छन ।

सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु भएको अभियानको ८ औँ हप्तामा आज खुलामञ्च सिंंगार्ने काम गरेकाे छ । टुँडिखेलमा बसपार्क, पसल थाप्ने, पार्किङ, जस्ता क्रियाकलापले टुँडिखेल खुम्चिएको भन्दै सम्पदाप्रेमीले टुँडिखेल बचाउ अभियान चलाएका थिए । यस अगाडी गत कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ अकुपाई टुँडिखेल अभियान सुरु गरिएको थियो । यस अभियानलाइ अझै एक महिना चलाइने संयोजक श्रेष्ठले जानकारी दिनुभयाे ।