तुम्वाहाङ्फेकाे राजिनामा , सभामुखको निर्वाचन १२ माघमा


२०७६ माघ ६ - काठमाडौं -उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएका छन । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै तुम्वाहाङ्फेले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्ग प्रशस्त गरेकाे बताउनुभयाे ।

सभामुख र उपसभामुख संविधानमा फरक दल फरक दल र लिंगको हुनुपर्ने प्राबधान भएकाले नेकपाले नै शिवमायालाई राजीनामा दिन आग्रह गरेको थियो ।उहाँले भन्नुभयो, “समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता हो, संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहोदामा समाजका सबै अङ्गको प्रतिविम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्ने बताउँदै उहाँले यो यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्नेमा आफू आशावादी रहेको बताउनुभयाे । उप-सभामुखले भन्नुभयो, “मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । उहाँले लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णय जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् भन्ने स्पष्ट पार्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिने बताउनुभयो ।

तुम्वाहाङ्फेकाे राजिनामाकाे राजिनामा संगै प्रतिनिधिसभाका सभामुख चयन निर्वाचन लागि १२ गते हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । सभामुखको उम्मेदवारी दर्ताको समय भोलि मंगलबार ७ विहान ११ बजे देखि २ बजे सम्म तोकिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएपछी सभामुख पद रिक्त रहेकाे थियाे । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएका थिए ।