उप- सभामुखले ओली - प्रचण्डलाइ भेटेरै यस्ताे चेतावनी दिएपछी - Sidha-Kura


२०७६ पुस २५ - काठमाडौं- सभामुख कृष्ण महरा पद मुक्त भएपछी संसद सचिवालयकाे जिम्मेवारी समालीरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेट गरेका छन र साथै साे भेटमा उनले अाफुले राजनीमा नदिने अडान लिदै साेही कुरा दाेहाेर्रयाएका छन् । तत्कालीन कृष्णबहादुर महराले संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १५ असोजमा राजीनामा दिएका थिए । हाल १९ असोजमा पक्राउ परेका भुपु सभामुख महरा पूर्पक्षका लागि थुनामा रहेका छन् । त्यस यता संसदमा हाल सम्म सभामुख पद रिक्त रहेकाे छ ।

(नेकपा)का अध्यक्षसंगकाे भेटमा आफूलाई भोलिसम्म सभामुख बनाउने निर्णय नगरे संसद बैठक सञ्चालन गरेर सभामुखको चुनावी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन। उप सभामुखले यस्ताे बताएपछी स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले तुम्बाहाम्फेलाइ राजीनामा दिन आग्रह गरेका थिए भने प्रचण्डले नेकपाबाट जो सुकै सभामुख बन्ने भए पनि यो पद नेकपामै राख्न तपाईले उप-सभामुखबाट राजीनामा दिनुपर्छ भन्ने धारणा राखेका थिए । उदी उपसभामुखले दुइ अध्यक्षलाइ भनेजसरी सभामुख काे निर्बाचन प्रकिया अगाडी बढाए भने नेकपाले सभामुखकाे पद गुमाउने निश्चित रहेकाे जसकाे फाइदा भने नेपाली कांग्रेसलाइ पुग्ने नेताहरू बताउछन । सत्तारुढ दल नेकपा भित्रै पनी अब सभामुख कसलाई बनाउने वा उपसभामुखलाइ नैै सभामुखकाे जिम्मेवारी दिने भन्ने बिषयमै ठूलो विवाद रहेकाे छ ।

नेकपाका अध्यक्ष द्वय प्रचण्ड र ओलीको बीचमा पूर्व पूर्व माओवादी की पूर्व एमालेबाट सभामुख छान्ने भन्ने बिषयमा दाेधारे स्थितिकाे माहाेल बनेकाे छ र। तर उपसभामुख तुम्बाहाम्फेले भने आफू उप बाट सभामुख हुनुपर्ने अडान लिदै अाएका छन । स्राेतका प्रम अाेली अनुसार संसदका जिम्मेवारी समालिसकेका संसदीय दलका उप नेता सुवास नेम्वाङलाई फेरि सभामुख बनाउन चाहन्छन् तर प्रचण्ड भने महरा यस अगाडी पूर्व माओवादी काेटाबाट सभामुख भएकाेले साे पद काे लागी आफूले नै प्रस्ताव गर्ने अडानमा रहेकाे बताइन्छ । पूर्व माओवादी मा पम्फा भुसाल, देव गुरुङ, ओनसरी घर्तीको दाबी भए पनि अग्नि सापकोटा प्रचन्डकाे पहिलो रोजाइमा रहेका छन। प्रचण्ड र ओली बीच कसलाई सभामुख बनाउने भन्ने निर्णायक छलफल हुनु अगाडी नै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने नेकपा नेताहरु बताउँछन । किनकी संबिधानमा उपसभामुख र सभामुख फरक फरक पार्टीकाे हुनै पर्ने प्रावधान रहेकाे छ ।

यस कारण नेकपाले सभामुखमा दाबी गर्न हाे भने उप सभामुख अर्का पार्टीलाइ छाेड्नुपर्ने हुन्छ । यस कारण तुम्बाहाम्फे तत्कालिन एमालेबाट उपसभामुख निर्वाचित भएकाे हुनाले उनले राजिनाम नदिदा सम्म नेकपाले सभामुख पदमा उम्मेदवारी न त दावी गर्न पाउछन न त उमेद्वारी दिन नै । तुम्बाहाम्फेकाे याे कदम संगै नेकपाले शनिबार चार बजेका लागि सचिवालयको बैठक बोलाएको छ । पुष २६ गते हुने साे बैठकमा सभामुख चयनका विषयमा छलफल छलफल र सहमती हुनेछ । किनकी नेकपा हर हालतमा सभामुख पद उम्कन दिने पक्षमा देखिन्न ।