ओली-प्रचण्ड भेट : सभामुख उम्मेदवारको टुंगो लाग्ला त ?


२०७६ माघ ३ काठमाडौं - आज नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष तथा भुपु प्रम पुष्पकमल दाहाल प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

सभामुख कृष्ण महराले राजिनाम दिएपछी रिक्त रहेकाे सभामुख उम्मेदवारको टुंगो नलागेको र त्यसले प्रतिनिधिसभाको बैठक सर्दै गएको बेलमा दुई अध्यक्षबीच भेटवार्ताले बिशेष महत्व राखेकाे बुझिएकाे छ । उहाहरुबीचको छलफल सकारात्क भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयाे।

याे पनी पढ्नुस : राजिनामा नदिने उपसभामुखको अडान कायम : राजिनामा नदिनाकाे कारणा यस्ताे !

उप-सभामुख डा. शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट राजिनामा नदिने बताएका छन ।

सचार माध्यामसंग कुराकानी गर्दै उहाँले “सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा नरहेकाे बताउनु भएकाे हाे । उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्र बुझ्न समेत अस्वीकार गर्नुभएको छ ।

अझै केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उपसभामुख डा तुम्बाहाङफेले भन्नुभयो, “दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ” भन्नुभयो ।